Welcome to Butwalkalikacampus
उत्तरपुस्तिका परीक्षण तथा परीक्षा संचालन सम्बन्धि गाेष्ठी
उत्तरपुस्तिका परीक्षण तथा परीक्षा संचालन सम्बन्धि गाेष्ठी

बुटवल कालिका क्याम्पसमा मिति २०८२/०२/२४ गते त्रि. वि. क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, पोखराद्वारा आयोजित एक दिने उत्तरपुस्तिका परीक्षण तथा परीक्षा संचालन सम्बन्धी गोष्ठी सम्पन्न
अध्यक्ष- डा. रामनाथ न्यौपाने, सह परीक्षा नियन्त्रक
प्रमुख अतिथि - त्रिविका रजिस्ट्रार, प्रा.डा. केदार प्रसाद रिजाल
विशिष्ट अतिथि - शिक्षा शास्त्र संकायका डिन, प्रा.डा. वेद राज आचार्य
अतिथि - प्रा डा जितेन्द्र उपाध्याय, डा शंकर कुमार श्रेष्ठ,
लगायत कार्यक्रममा विभिन्न क्याम्पसका व्यवस्थापन तथा शिक्षा शास्त्र संकायका प्राध्यापकहरु र क्याम्पस प्रमुख सहित लगभग १२० जनाको उपस्थिति रहेको थियो । त्रि. वि. को वार्षिक परीक्षालाई व्यवस्थित गर्ने र उत्तरपुस्तिका परीक्षण कार्यलाई प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया सम्पन्न भयो । उक्त कार्यक्रमकाे उद्देश्यमाथि प्रकाश पार्ने काम परीक्षा नियन्त्रण कार्यालय बल्खुका प्रशासन प्रमुख नवीन्द्र भण्डारीले गर्नुभयो । कार्यक्रम बुटवल कालिका क्याम्पस को सेमिनार हलमा आयोजना गरिएको थियो ।

WhatsApp