असार २०, बुटवल
सिटिजन बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल कालिका क्याम्पसलाई पाठ्यपुस्तक हस्तान्तरण गरेको छ । सुक्खानगर बुटवल, शाखाका पदाधिकारीहरुको उपस्थितिमा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक, सहायक क्याम्पस प्रमुख महेश पाण्डे, लेखा तथा प्रसाशन प्रमुख कमल प्रसाद ढकाल र पुस्तकालय समिति संयोजक शंकर गौतम र पुस्तकालय प्रमुख कल्पना अर्याललाई पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।